नेसनल माइक्रोफाइनान्सको लाभांश संशोधन, अब कति ?
काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ३८.५ प्रतिशत बोनस सेयर संशोधन गरेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीले लाभांश संशोधन गरेको हो ।
अब सेयरधनीहरुलाई ३४.४५ प्रतिशत लाभांश दिने भएको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।













