८ श्रावण २०८३, शुक्रबार

नाडेप लघुवित्तको साधारण सभा चैत ८ गते, के के छन् एजेण्डा



काठमाडौं । नाडेप लाघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा चैत ८ गतेका लागि बोलाएको छ । सभा नैबिसे एग्रो रिसोर्ट, धादिङमा बिहान ११ बजेबस्ने गरी आव्अहान गरेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुुका साथै चालु आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्ने छ ।

साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

सभा प्रयोजनका लागि संस्थाले फागुन २१ गते बुक क्लोज गर्ने भएको हुदाँ फागुन १८ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १०.५२६ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले रद्द गरेको थियो । बैंकको नियम अनुसार एउटा कम्पनीसँग मर्जर वा एक्विजिसन प्रक्रिया तोडिएपछि अर्को कम्पनीसँग मर्जर वा एक्विजिसन सम्झौता नभएसम्म सेयरधनीलाई लाभांश वितरणमा रोक लाग्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्