८ श्रावण २०८३, शुक्रबार

लाभांश र मर्जर प्रस्ताव पारितका लागि चैत १० गते बोलायो आरएमडीसी लघुवित्तले साधारण सभा



काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा चैत १० गतेका लागि बोलाएको छ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जर प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्ने मुख्य एजेण्डा रहेको छ । साधारण सभा प्रयोजनका लागि चैत १ गतेदेखि १० गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ फागुन ३० गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्ताव लाभाश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्