८ श्रावण २०८३, शुक्रबार

समता घरेलु लघुवित्तको साधारण सभा चैत ११ गते, बुक क्लोज कहिले ?



काठमाडौं । समता घरेलु लघुवित्तको ९औं साधारण सभा चैत ११ गते बोलाएको छ । फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकमा सभा हिमालयन दृश्य रिसोर्ट, धुलिखेलमा बिहान ११:३० बजे बस्ने आव्हान गरेको छ ।

सभामा लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत गरी लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने छ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । हाल यस घरेलु र स्वरोजगार लघुवित्तबीच मर्जर सम्बन्धी भएको प्रारम्भिक सम्झौता तथा मर्जर सम्बन्धी भएका निर्णयहरुको अनुमोदन गर्ने एजेन्डा पनि छ । यस्तै, मर्जर पश्चात बन्ने संस्थाको नाम तथा संस्थापक र सर्वसाधारण सेयर स्वामित्व परिवर्तन गर्ने, लगाएत मर्जर सम्बन्धी आवश्यक अन्य सम्पूर्ण निर्णयहरु पारित गर्नका साथै अन्य उपयुक्त लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १ गते बुक क्लोज गर्ने हुदाँ फागुन ३० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्