बिजबजारको फागुन महिनाको २० मा बिज होली पर्वलाई लक्षित, विभिन्न क्यटेगोरिमा आकर्षक छुट
काठमाडौं । बिजबजारले प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा बिज” नामक क्याम्पिन अन्तर्गतको फाल्गुन महिनाको क्याम्पिन फागुन १९ गते राती १२ बजे देखि २० गते सम्म लाइभ गर्ने भएको छ । क्याम्पिनका केही योजनाहरू फाल्गुन २५ गते सम्म उपलब्ध हुने तथा यस पटकको २० मा बिज होली पर्वलाई लक्षित गरिएको कम्पनीले बताएको छ ।
यही फाल्गुन २० गतेका दिन बिजबजारले अपराह्न ६ बजे देखि आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले डिस्काउन्ट कुपन तथा मोबाइल टप अप जित्न सक्नेछन्।
सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस Campaign अन्तर्गतको Electronics: Hi-Tech Holi योजनामा ५० प्रतिशत सम्म, Apparel: Splash into Style योजनामा ६० प्रतिशत सम्म,Home Decor & Furniture: Holi-fy your Home योजनामा ५० प्रतिशत सम्म, Health & Beauty: Color Me Happy योजनामा ५० प्रतिशत सम्म र Women’s Day Special: Holi with Her योजनामा ६० प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।
साथै सेवाग्राहीहरूले फाल्गुन २० र २१ गतेको प्रत्येक अडरमा नेपाल भरि डेलिभरी शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। २० मा बिज का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ भने साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पिन प्रभावकारी हुने विश्वास पनि कम्पनीले लिएको छ।













