८ श्रावण २०८३, शुक्रबार

स्वावलम्बन लघुवित्तको साधारण सभाले पारित गर्यो २१ प्रतिशत लाभांश



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरणका लागि प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।

कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद (कर प्रयोजनार्थ सहित) गरी २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभामा अधिकृत पूँजी २ अर्ब रुपैयाँ र जारी तथा चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५ सय कायम गर्ने प्रस्ताव, आव २०७८/७९ को वासलात, नाफा–नोक्सान हिसाव लगायतका वित्तीय विववरणहरु पनि पारित गरेको कम्पनीले जनाएको छ ।

सोही सभाले कम्पनीको चालु आवको लेखापरीक्षण गर्नको लागिसुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै मर्जर सम्वन्धी आवश्यक कार्य अगाडि बढाउन संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्