७ श्रावण २०८३, बिहिबार

सेवा सुधार तिर सक्रिय बन्दैं नेपाल टेलिकम



काठमाडौं । नेपाल टेलिकमले अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरणहरु आबद्ध गरी निर्माण कार्य गरेको छ ।

सडक, खानेपानी, ढल, विद्युत, लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा यी संरचनाहरुमा क्षति पुगेको छ । यही कार्यले गर्दा काठमाडौ उपत्यकाको ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, किर्तिपुर लगायत विभिन्न स्थानमा समस्या आएको छ । कम्पनीले भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुगेको कारणले ग्राहकहरुमा केही अवधिको लागि सेवा बन्द भएको हो ।

उक्त अवस्थालाई मध्यनजर गरी संरचना निर्माण वा विस्तारको क्रममा सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य गर्नुुपर्ने आवश्यकता रहेको छ । कम्पनी सबै निकायसँग समन्वय र सहकार्यका लागि सदैव तत्पर रहेको छ । संरचनामा क्षति पुगी सेवा सञ्चालनमा समस्या आउँदा सेवा निरन्तरताका लागि तत्काल मर्मत कार्य अघि बढाउने भएको छ ।यस क्रममा क्षतिको प्रकृति अनुसार पुनः सेवा सुचारु गर्न केही समय लाग्न सक्ने सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्