१० श्रावण २०८३, आइतबार

प्रभु लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ब्याज छुट दिने

प्रभु लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ब्याज छुट दिने



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छूट प्रदान गर्ने भएको छ । कम्नपनीले फागुन २१ गतेदेखि आगामी २०८० वैशाख ३१ गतेसम्म पुनर्जागरण गराउने बीमितहरूलाई लाग्ने ब्याजमा शत प्रतिशत छूट दिने भएको हो ।

नेपाल बीमा प्राधिकरणबाट जारी ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८’ को अधीनमा रही कम्पनीले सो छूट प्रदान गर्न लागेको हो । यसका लागि कम्पनीले केही शर्तहरू भने राखेको छ ।

साथै उक्त छूट बीमा अवधिभरि एकपटक मात्रै प्रदान हुने कम्पनीले जनाएको छ ।