१० श्रावण २०८३, आइतबार

बोर्डले दियो मर्जर सम्झौता गरेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई पूर्व स्वीकृती

बोर्डले दियो मर्जर सम्झौता गरेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई पूर्व स्वीकृती



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई मर्जरमा जान नियामक निकाय नेपाल धितोपत्र बोर्डले पूर्व स्वीकृती प्रदान गरेको छ ।

बीमा प्राधिकरणको निर्दैशन अनुसार पूँजी वृद्धि गर्नका लागि मर्जरमा जान लागेका यी दुई कम्पनीको मर्जर प्रक्रिया अघि बढाउन बोर्डले अनुमति दिएको हो । यी दुई कम्पनीले मर्जर जाने प्रारम्भिक सम्झौतामा माघ २७ गते हस्ताक्षर गरिसकेका छन् । अब आवश्यक प्रक्रिया पुरा गरेर डिडिए गरेर सम्पत्ति तथा दायित्व निर्धारण गरी एक आपसमा गाभिनेछन् ।

नेपाल बीमा प्राधिकारणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढदै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भै दिर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउदै आफ्ना शेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उदेश्यले एक आपसमा गाभ्ने÷गाभिने सहमति सहित प्रारम्भिक सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात वन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ ।