कृषि विकास बैंकका सीईओ गुरुङले गाए राष्ट्रकवि घिमिरिेको ‘जान्दिन हे प्रियसी’ गीत (भिडियो सहित)
काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङको आवाजमा ‘जान्दिन हे प्रियसी’ बोलको गीत सार्वजनिक भएको छ ।
राष्ट्रकवि स्वर्गीय माधव प्रसाद घिमिरलेको शब्द रचना गरेको सो गीतमा कृषि विकास बैंकका सीईओ गुरुङले आवाज भरेका छन् । बरिष्ठ संगीतकार बिबि अनुरागीको संगीत संयोजनमा रहेको उक्त गीत मंगलबार सार्वजनिक भएको हो । बिबि अनुरागी युट्यूव च्यानल मार्फत बजारमा आएको छ ।
गीतको एक लाइन
जान्दिन हे प्रियसी, तिम्रो मनमा के छ,
त्यही होला मेरो मनमा जे छ,
हुनुमात्रै पर्छ तिमी जहाँ भएपनि
छौं भन्नुको आधार ठुलो भएपनि
बरिष्ठ संगीतकार अनुरागीले भने,–‘राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको रचनामा संगीत गरेको मेरो यो दोस्रो हो । करीब ४ बर्ष अघि उहाँ स्वर्गवास नहुदै मैले कम्पोज गरेको गीत हो यो, उहाँ कम्पोज सुनेर निकै खुशी हुनु भएको थियो ।’
सफल बैंकर गोविन्द गुरुङको विशेष पहलमा सो गीत संगीत बजारमा ल्याएको संगीतकार अनुरागीले बताए । उनले भने,–‘अनुसार किन्नर किन्नरी गीत संग्रह भित्र रहेको यो गीतलाई मेरो संगीतमा रेर्कडिङका लागि अनुमति लिने र सबै तारतम्य मिलाउने कार्य गर्नु भएको गोविन्द सर मार्फत नै हो ।’
उनले सामाजिक संजाल मार्फत भनेका छन्,–‘दुर्भाग्यवस यस गीतको पूर्ण रेकर्डिङ सुन्न नपाउदै राष्ट्रकवि हामी माँझ रहनु भएन । यद्दपि उहाँका दुई छोराहरु ईन्दिवर घिमिरे र राजीव घिमिरसंग समन्वय गरेर यस गीत सम्प्रेषण गरेका छौं ।’
यसका साथै राष्ट्रकविको ईच्छा बमोजिम सो गीतलाई युगल भर्सन र महिला भर्सन पनि लोकप्रिय गायिका रचना रिमालको आवाजमा रेकर्डिङ कार्य सम्पन्न भईसेको र ती भर्सनहरु पनि अब छिट्टै प्रस्तुत गरिने बताइएको छ ।
भिडियोः













