१० श्रावण २०८३, आइतबार

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको फागुन २९ गतेबाट एकीकृत कारोबार सुरु हुँदै

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको फागुन २९ गतेबाट एकीकृत कारोबार सुरु हुँदै



काठमाडौं । सगरमाथा र लुम्बिनी इन्सुरेन्स एक आपसमा मर्ज भएर फागुन २९ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्राधिकरणले फागुन १६ गते, कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते र धितोपत्र बोर्डले फागुन २३ गते अन्तिम स्वीकृति दिएको छ । यस्तै, दुवै कम्पनीको फागुन ११ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरेको छ ।

इन्सुरेन्स एक आपसमा मर्ज भएर फागुन २९ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्राधिकरणले फागुन १६ गते, कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते र धितोपत्र बोर्डले फागुन २३ गते अन्तिम स्वीकृति दिइसकेको छ । यस्तै, दुवै कम्पनीको फागुन ११ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरी सकेको छ ।

साथै, केन्द्रीय कार्यालय भने का.म.पा वडा–१ नक्सालमा हुने छ । बिमा प्राधिकरणले सगरमाथा र लुम्बिनीलाई (१००ः ८०) सेयर अनुपातमा मर्ज हुन स्वीकृति दिएको हो ।