सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार १५ दिन रोक्का हुने
सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार १५ दिन रोक्का हुने
काठमाडौं । सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भोलि अर्थात फागुन २९ गतेदेखि यी दुवै कम्पनीको सेयर कारोबार रोक्का हुने भएको हो । कम्पनीको सेयर कारोबार १५ दिनका लागि रोक्का हुनेछ ।
यी दुवै कम्पनी एक आपसरमा गाभिए पश्चात सोमबारदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थालनी गर्दैछन् ।














