८ श्रावण २०८३, शुक्रबार

एक लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन नजिकियो



काठमाडौं । मनकामना स्र्माट लघुवित लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (फागुन ३० गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले ५औं साधारण सभा चैत १६ गतेका लागि बोलाएको छ । सभा होटल पौवा सिद्धार्थनगर ६, रुपन्देहीमा बस्ने गरी आव्हान गरेको छ ।

सभामा गत आर्थिक वर्ष २०७८र ७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्