१० श्रावण २०८३, आइतबार

‘कर्मचारीको खाईपाई सुविधामा भेदभाव हुँदैन, सेयरधनीलाई उचित प्रतिफल दिनेगरि बीमा क्षेत्रकै उत्कृष्ट कम्पनी बन्छौं’: अध्यक्ष दास

‘कर्मचारीको खाईपाई सुविधामा भेदभाव हुँदैन, सेयरधनीलाई उचित प्रतिफल दिनेगरि बीमा क्षेत्रकै उत्कृष्ट कम्पनी बन्छौं’: अध्यक्ष दास



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मूलले कम्पनीलाई बीमा क्षेत्रकै उत्कृष्ट बनाउने प्रतिवद्धता जनाएका छन् ।

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा गाभिएर एकीकृत कारोबार थालनी गरेको औपचारिक कार्यक्रममा अध्यक्ष मूल यस्तो बताएका हुन् ।

सोही अवसरमा मर्जपछि कम्पनी पुँजीगत आधारमा बलियो र सबल बनेको दावी गर्दै सर्वसाधारणमाँझ बीमा पहुँच विस्तारका लागि प्रतिवद्ध रहने बताए । उनले भने,–‘बीमा शुल्क आर्जन, बजारको हिस्सा, ग्राहकको विश्वास र सेवाको हिसावले संस्थागत सुशासन पालना गर्ने गराउने र सेयधनीलाई उचित प्रतिफल दिने एक उत्कृष्ट अग्रणी कम्पनीको रुपमा स्थापित हुनेछ।’

मर्जपछि हामी पुँजीगत आधारमा बलियो कम्पनी बनेका अध्यक्ष दासले बताए । ग्राहकको सेवालाई गुणस्तरीय बनाई नयाँ नयाँ बीमा प्रडक्ट ल्याउने गरि काम गर्ने उनको भनाई छ ।

‘ग्रामिण क्षेत्रमा बीमा पहुँच विस्तार गर्ने, देशको अर्थतन्त्रमा समेत विशेष योगदन पुर्याउने र सामाजिक उत्तरदायित्व सम्वन्धीको कार्यलाई पनि प्रभावकारी रुपान अघि बढाउँछौं’–अध्यक्ष दासले भने ।

मर्जपछि दुवै कम्पनीको कर्मचारीहरुको सम्मानजनक समायोजन गरेकाले उनीहरुको मनोवल उच्च हुने गरि काम अघि बढ्ने उनको विश्वास छ ।

उनले भने,–‘दुवै कम्पनी मर्जमा जाँदा कर्मचारीहरुको समेत सम्मानजनक व्यवस्थापन गरेका छौैं । कम्पनीको कार्यरत कर्मचारीहरुले खाईपाई आएको सेवा सुविधामा कुनै भेदभाव नगरि विभाग र शाखाहरुको जिम्मेवारी समेत बाँडफाँड गरिएको छ।’