वैवाहिक बर्ष गाँठको अवसरमा श्रीमानले गरे प्रभु लाइफको बीमा पोलिसी उपहार
वैवाहिक बर्ष गाँठको अवसरमा श्रीमानले गरे प्रभु लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । १२ औं वैवाहिक बर्ष गाँठको अवसरमा श्रीमान्ले प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिएका छन् । विराटनगरका यसोधा पोखरेल भट्टराईलाई उनका श्रीमान उज्ज्वल भट्टराईले उक्त पोलिसि उपहार गरेका हुन् ।
भट्टराईले ३० लाख बीमाङ्क रकमको जीवन बीमा योजना प्रदान गरेका छन् । जीवन बीमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डे लगायतको उपस्थिती रहेको थियो ।
श्रीमती यसोधा पोखरेल भट्टराई प्रभु लाइफको एजेन्सी म्यानेजर हो ।













