आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ जारी गर्न
आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ जारी गर्न
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ जारी गर्न भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
कम्वनीले ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १७६ रुपैयाँ प्रिमियम थप गरेर २७६ रुपैयाँका दरमा १ करोड २० लाख कित्ता आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटले गर्नेछ ।













