१० श्रावण २०८३, आइतबार

दुई इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

दुई इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज



काठमाडौं । दुई इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (चैत २ गते) अन्तिम दिन रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

दुबै) कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ चैत २ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

प्रुडेन्सियल इन्स्योरेन्स ले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३।३२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि०।१७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले २१औं वार्षिक साधारण सभा चैत १६ गतेका लागि बोलाएको छ । सभा दियालो लर्डस प्लाजा वीरगञ्ज, पर्सामा दिउँसो १२ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले यस अघि ६।५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।३४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनमा संशोधन गरेको हो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरलाई २।७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।१४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नेका लागि कम्पनीले २९औं वार्षिक साधारण सभा चैत २९ गतेका लागि बोलाएको छ । सभा बानेश्वर ब्याक्वेट थापागाउँ काठमाडौंमा बिहानको ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

त्यस्तै सभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने ३ जना संचालक र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।