स्ववियु निर्वाचनः बुढीनन्दा क्याम्पसमा विद्यार्थीहरुबीच झडप, प्रहरीद्धारा अश्रुग्यास र हवाई फायर
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई लिएर बाजुराको बुढीनन्दा क्याम्पसमा विद्यार्थीहरुबीच झडप भएको हो।
नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम–लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरुबिच झडप भएको छ।
स्ववियु निर्वाचन मतदानको क्रममा दुई पक्षबीच झडप स्थिति सिर्जना भएपछि प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास र हवाई फायर गरेको छ ।













