प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप
काठमाडौं । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ ।
कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो ।
प्रदर्शनमा सहभागीहरु नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । त्यसक्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ ।
प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ ।













