८ श्रावण २०८३, शुक्रबार

कालिका लघुवित्तको साधारण सभा चैत २९ गते, बुक क्लोज कहिले ?



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारण सभा चैत २९ गतेका लागि बोलाएको छ । चैत ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल टास्क इन्टरनेशनल प्रालि, पोखरा, कास्कीमा विहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजी १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने छ ।

बोनस पछि कम्पनीको चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले स्वीकृति गर्नेछ । कम्पनीले हाल कायम संस्थापक तर्फको ६४.५२ प्रतिशत शेयर स्वामित्व ५४.५२ प्रतिशतमा र सर्वसाधारण तर्फको हाल कामय ३५.४८ प्रतिशत शेयर स्वामित्व ४५.४८ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्ने छ ।

अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गतेदेखि बुक क्लोजको गर्ने भएको हुदाँ चैत १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभा भाग लिन र प्रस्तावित लाभांश पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्