८ श्रावण २०८३, शुक्रबार

यस्तो छ उपकार लघुवित्तको चौथो वार्षिक साधारण सभाको ‘माइन्युट’



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा फागुन १८ गते सम्पन्न भएको छ । सभा बैजनाथ १ गाभर भ्याली (सामुदायिक होमस्टे) बाँकेमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको नाफाबाट ६१.७५ प्रतिशत बोनस सेयर र करसहित ३.२५ प्रतिशत नगद लाभांश गरी जम्मा ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै, संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट पनि २ जना सञ्चलकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गरेको हुदाँ फागुन ३ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्