सानिमा र रिलायन्स लाइफको सेयर कारोबार रोक्का हुने
सानिमा र रिलायन्स लाइफको सेयर कारोबार रोक्का हुने
काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ ।
यी दुवै कम्पनी सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स बीच एक आपसमा मर्जरमा जाने सहमति गरेका छन् । मर्जरपछि भोलि अर्थात चैत ९ गतेदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गर्दैछन् ।
सोही कारण चैत ९ गतेदेखि १५ दिन यी दुवै कम्पनीको सेयर कारोबार रोक्का हुने भएको हो । नेपाल धितोपत्र बोर्डबाट जारी भएको ‘धितोपत्र दर्ता गराएको संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९’ को निर्देशन अनुसार सेयर मिलान, धितोपत्र पुनः दर्ता धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि दुवै कम्पनीको सेयर कारोबार रोक्का हुने भएको हो ।













