१० श्रावण २०८३, आइतबार

गुराँस लाइफले सेयरधनीलाई १३.२७ प्रतिशत बोनस दिने

गुराँस लाइफले सेयरधनीलाई १३.२७ प्रतिशत बोनस दिने



काठमाडौं । गुराँस लाइफ इन्स्योयरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३.२७१२७७२ प्रतिशत बोनस सेयर दिने भएको हो ।

कम्पनीको चैत १० गते बसेको संचालक समितिको बैठकले सो बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । बोनस सेयरमा लाग्ने कर सम्वन्धित सेयरधनी नै भुक्तानी गर्ने कम्पनीले जनाएको हो ।

प्रस्तावित सो बोनस सेयर नियामक निकाय नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण हुनेछ ।