“नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना” एकदमै आकर्षक र प्रतिस्पर्धि रहेको छः सीइओ पराजुली
“नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना” एकदमै आकर्षक र प्रतिस्पर्धि रहेको छः सीइओ पराजुली
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रवीण रमण पराजुलीले कम्पनीले भर्खरै सार्वजनिक गरेको “नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना” एकदमै आकर्षक र प्रतिस्पर्धि रहेको बताएका छन् ।
कम्पनीले चैत्र १२ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रममा भर्चुअली माध्यमबाट बोल्दै उनले यस्तो बताएका हुन । कार्यक्रममा भर्चुअली बाट उनले कम्पमनीले गरीको यस्तो कार्यक्रमबाट व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने कुरा जाहेर गरे ।
कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको यस कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशबाट ५०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो । कार्यक्रमको शुभारम्भ पानसमा दिप प्रज्वलन गरी नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले गरेका हुन ।
उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झा उपस्थित थिए ।
कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई धन्यबाद ज्ञापन गर्दै यस कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बताए । अभिकर्ताहरुको घर दैलोमा तालिम प्रदान गर्न पाउदा आफु खुसि भएको बताए ।













