सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीओइओमा बीरेन्द्र बैदवार नियुक्त
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीओइओमा बीरेन्द्र बैदवार नियुक्त
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा बीरेन्द्र बैदवार श्रेत्रीलाई नियुक्त गरेको हो ।
कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले फागुन १७ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि क्षेत्रीलाई सीइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै, सोहि बैठकले सुमित कुमार केडिया र प्रभु कृष्णा श्रेष्ठलाई बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्देशिका २०७६ को दफा १० को उप दफा ६ बमोजिम सल्लाहकारमा नियुक्त गरेको छ ।













