८ श्रावण २०८३, शुक्रबार

नयाँ सारथी लघुवित्तको २० प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम मौका



काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले भोलि अर्थात चैत १५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ । सोही कारण आजसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउन प्राप्त गर्ने सकिनेछ ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि १४औंं वार्षिक साधारण सभा चैत २८ गतेका लागि बोलाएको छ । सभा होटल जुगल मिरावल चोक धुलिखेल काभ्रेपलाञ्चोकमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले, विजय लघुवित्तसँग एक बराबर एक अनुपातमा मर्ज हुने, सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, मर्जरपश्चात विजय लघुवित्तको नामबाट कारोबार गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्