एक महिना मै जीवन बीमा कम्पनीहरुले उठाए १० अर्ब प्रिमियम
एक महिना मै जीवन बीमा कम्पनीहरुले उठाए १० अर्ब प्रिमियम
काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्र १० अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार फागुन महिनामा मात्र १० अर्ब ३६ करोड २३ लाख ५५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
हाल संचालकनमा रहेका १८ जीवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढि कुल बीमा शुल्क आर्जन गर्ने कम्पनीको नेपाल लाइफ इन्स्योरेन्स पहिलो नम्मबरका रहेको छ । कम्पनीले सो अवधिमा २ अर्ब ७३ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
कुल बीमा शुल्क आर्जन धेरै गर्नेमा दोस्रो नम्बरमा एलआइसी नेपालले १ अर्ब ७३ करोड १८ लाख रुपैयाँ, तेस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब २३ करोड ८७ लाख रुपैयाँ र चौथो नम्बरमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले ६५ करोड १२ लाख रुपैयाँ गरेको छ ।
त्यस्तैगरी, फागुन मात्र कुल बीमा शुल्क आर्जन गर्ने कम्पनीहरुमा क्रमशः युनियन लाइफ इन्स्योरेन्सले ६३ करोड ६८ लाख रुपैयाँ, मेट लाइफले ४८ करोड ७३ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले ४८ करोड १६ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले ४३ करोड २५ लाख रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सले ३३ करोड ४८ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले ३० करोड २४ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सले २९ करोड ३९ लाख रुपैयाँ, रिलायन्स लाइफले २८ करोड ७० लाख रुपैयाँ रहेका छन् ।
साथै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २७ करोड १६ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले २५ करोड ५९ लाख रुपैयाँ, गुराँस लाइफ इन्स्योरेन्सले २१ करोड २१ लाख रुपैयाँ, सानिमा लाइफ इन्स्योरेन्सको १७ करोड ३८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको १७ करोड ६० लाख रुपैयाँ, महालक्ष्मी लाइफ इन्स्योरेन्सको १२ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।













