सानिमा रिलायन्स लाइफका सीईओ पाण्डेको कार्यकाल सुरु
सानिमा रिलायन्स लाइफका सीईओ पाण्डेको कार्यकाल सुरु
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डे नियुक्त भएका छन् ।पाण्डेलाई सीईओ पदमा नियुक्ति गर्न नेपाल बीमा प्राधिकरणले चैत १२ गते स्वीकृति दिएको थियो ।
सानिमा रिलायन्सको संचालक समितिको चैत ९ गते बसेको बैठकले उनलाई सिईओ बनाउने निर्णय गरेको हो । प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५७ तथा बीमाकको संस्थागत सुशासन सम्वन्धी निर्देशिका, २०७५ को निर्देशन २८ बमोजिम पाण्डेलाई सीईओ बनाउन स्वीकृति दिएको थियो ।
सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको सानिमा रिलायन्सको सीईओ बनेका हुन् । यी दुवै कम्पनी मर्जरमा गई सानिमा रिलायन्स लाइफको नामबाट गत बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।
राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश लिएका पाण्डे यसअघि सूर्य लाइफ इन्स्योरेन्सको सीईओ बनिसकेका व्यक्ति हुन् ।













