युनियन लाइफको सेयर संमरचना परिवर्तन, अब संस्थापक र सर्वसाधारण कति ?
युनियन लाइफको सेयर संमरचना परिवर्तन, अब संस्थापक र सर्वसाधारण कति ?
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संमरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापकतर्फको १९ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणमा परिणत भएको हो ।
कम्पनीले हाल कायम ७० प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व ५१ प्रतिशतमा झार्न लागेको हो । संस्थापकतर्फको सेयर स्वामित्व घट्ने भएसँगै कम्पनीको सर्वसाधारणतर्फको हाल कायम ३० प्रतिशत शेयर स्वामित्व ४९ प्रतिशत कायम हुनेछ ।












