गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभा बैशाख ६ गते, के के छन् एजेण्डा
गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभा बैशाख ६ गते, के के छन् एजेण्डा
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३औं वार्षिक साधारण सभा आगामी वैशाख ६ गतेका लागि बोलाएको छ । सभा प्रधान कार्यालय तीनकुने, काठमाडौंमा विहान १० ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाइ वितरण गरेको १३.२७ प्रतिशत बोनस पारित गर्ने मुख्य एजेण्डा रहेको छ । साथै, गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेका छन् । एकीकृत कारोबार गर्न बाकी रहेको अवस्थामा गुराँस लाइफले साधारण सभा आव्हान गरेको हो । मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने विषयलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ चैत २२ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।













