१८ कार्तिक २०८३, बुधबार

सेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकम ८१ करोडमा झर्यो



काठमाडौं । बुधवार सेयर बजारमा झिनो सुधार आएको छ । साताको चौंथो कारोबार दिन बजार १.०२ अंकले मात्रै बढेको हो ।

अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज सामान्य अंकले मात्रै बृद्धि भएको छ । सो दिन बजार परिसुचक १९१९.४२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज होटेल तथा पर्यटन समूह ४१.७१ अंक, लगानी समूह ०.१४ अंक, माइक्रोफाइनान्स ६.५४, निर्जीवन बीमा समूह १८.६६ अंक र अन्य इन्डेक्स समूह ७.५८ अंकले वृद्धि भएका छन् । तर, यी बाहेकका अरु सव इन्डेक्सहरु राताम्य बनेका छन् ।

सो दिन कारोबार रकममा पनि गिरावट आएको छ । बुधवार ८१ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको २५ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको छ । तर, मंगलबार भने १ अर्ब ४४ करोड ३७ लाख बढीको सेयर कारोबार भएको थियो ।