१० श्रावण २०८३, आइतबार

नेको इन्स्योरेन्सले पठायो सेयरधनीको डिम्याट खातामा १५ प्रतिशत बोनस सेयर, तपाईकोमा आयो ?

नेको इन्स्योरेन्सले पठायो सेयरधनीको डिम्याट खातामा १५ प्रतिशत बोनस सेयर, तपाईकोमा आयो ?



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरण सुरु गरेको छ । कम्पनीले गत माघ १५ गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित भएको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

एक सूचना निकाल्दै कम्पनीले १५ प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।

सो बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भईसकेको कम्पनीले जनाएको छ । गत माघ २ गतेसयम्म सेयर अभौतिकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर पठाइएको र सो मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा पनि क्रमशः जम्मा गरिदिने कम्पनीले जनाएको छ ।

हालसम्म पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई बोनस सेयर प्राप्त गर्न सक्नेछन् ।