कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज (चैत १७ गते) विश्वासको मत लिने भएका छन् ।
नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा गत पुष २७ गते मुख्यमन्त्री भएका शर्माले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए । राष्ट्रपतिको चुनावसँगै फेरिएको राष्ट्रिय समीकरणपछि केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएको छ ।
राप्रपाका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।













