३० श्रावण २०८३, शनिबार

नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने



काठमाडौं। नवनियुक्त मन्त्रीको शपथ आज (चैत १७ गते) दिउँसो ३ बजे हुने भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासले नयाँ मन्त्रीको शपथ गर्ने जनाएको हो । लामो समयदेखि रिक्त मन्त्रालयमा आज दिउँसो नयाँ मन्त्रीले शपथ लिएपछि पूर्णता हुने भएको छ । सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् ।

नेपाली कांग्रेसबाट ८ मन्त्री, माओवादी केन्द्रबाट १ जना, एकीकृत समाजवादी र जसपाबाट २-२ जना, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आमजनता पार्टीबाट १-१ जना मन्त्री मन्त्रीले शपथ लिने छन् ।