१० श्रावण २०८३, आइतबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडीआरटी मिट 2023 सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडीआरटी मिट 2023 सम्पन्न



काठमाडौं । सूर्यज्योति लाइफइन्स्योरेन्सले एमडीआरटी मिट 2023 धुलिखेलमा सम्पन्न गरेको छ ।

कार्यक्रममाएमडीआरटी 2023 का लागि मनोनित सम्पुर्ण एमडीआरटीहरुलाई सम्मान गर्नुका साथै सिवोटि सीओटी हुन सफल गौरब कुमार शाही र टीओटी कमलप्रसाद घिमिरेलाई विशेष सम्मान गर्दै रोयल इन्फिल्ड मोटरसाईकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्तान्तरण गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरूले उक्त कार्यक्रममा सीओटी टीओटी तथा एमडिआरटी हरूलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए । सोहि कार्यक्रममा उपस्थित सम्पुर्ण व्यक्तित्वहरुले एक साथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गर्नु भएको थियो । उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्बिरहरु समावेश गरिएको छ ।

यस कार्यक्रमले आगामी वर्षहरुमा एमडिआरटी संख्या अझ बृद्धि गर्ने हौसला मिलेको कुरा सीओटी गौरव कुमार शाहीले बताएका थिए । सोही कार्यक्रममा कमल प्रसाद घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन आफु खटिने जानकारी गराए ।

वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सदैव लक्ष्यउच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश उनले बताए । प्रमुखकार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडिआरटी हरुको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्य तिर लाग्न पे्ररित गरेका थिए ।