प्रभु लाइफद्धारा एक हप्तामा मृत्यु दावीभुक्तानी
प्रभु लाइफद्धारा एक हप्तामा मृत्यु दावीभुक्तानी
काठमाडौं । प्रभु लाइफइन्स्योरेन्सले सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको एक हप्तामा नै मृत्यु दावीभुक्तानी गरेको छ ।
३ वर्ष अगाडी प्रभु लाइफइन्स्योरेन्समा जीवन बीमा गराएका श्याम कृष्ण तिमिल्सीनाको मृत्यु पश्चात निजको परिवारलाई एक कार्यक्रमका बीच दाबी भुक्तानी दिइएको हो । मृतकको निवासमा भएको दावी भुक्तानी कार्यक्रममा चागुनारायण नगरपालिका ८ का वडा अध्यक्ष जनक खत्रीको समेत उपस्थिति रहेको थियो । वडा अध्यक्ष जनक खत्रीले छिटो छरितो तरिकाले दावी भुक्तानी गरेकोमा प्रभु लाइफलाई धन्यवाद प्रकट गर्नुभयो । साथै यसरी जीवन बीमा कम्पनीले चुस्त रुपमा दावी भुक्तानी गर्दा प्रभु लाइफ र जीवन बीमा प्रति विश्वास बढ्ने र आम मानिस आकर्षित भएका थिए ।
दाबी भुक्तानी कार्यक्रममा प्रभु लाइफका तर्फबाट बाग्मती प्रदेश प्रमुख मानबहादुर विष्ट मदन ले मृतक बीमितको परिवारलाई बीमा रकम हस्तान्तरण गर्दे मृत्यु पश्चात पनि परिवार प्रतिको दायित्व निर्वाह गर्ने एक मात्र माध्यम जीवन बीमा रहेको बताएका छन् । यदि कदमकदाचित केही भएमा बीमितको परिवारको आर्थिक जोखिमकम गर्न प्रभु लाइफ हरदम तयार छ ।
उक्त, कार्यक्रममा प्रदेश प्रमुखमानबहादुर विष्टले भने, दावीभुक्तानी हस्तान्तरण कार्यक्रममा भक्तपुर शाखा प्रमुख निना श्रेष्ठ, बरिष्ठ एजेन्सी म्यानेजरहरु दिपक न्यौपाने, बबिब दुवाल, नवराज तिमिल्सेना,कमला कटवाल, मिलिनाश्रेष्ठ, अन्जनान्यौपाने, ओम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।













