१० श्रावण २०८३, आइतबार

लाभांश पारित र पूँजी वृद्धिका लागि एनएलजी इन्स्योरेन्सको साधारण सभा आज

लाभांश पारित र पूँजी वृद्धिका लागि एनएलजी इन्स्योरेन्सको साधारण सभा आज



काठमाडौं । एनएलजी इन्स्योरेन्सले १७औं वार्षिक साधारण सभा आज (चैत २० गते) बस्दैंछ। सभा आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे बस्ने आव्हान गरेको हो।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट १० प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

यस्तै, अधिकृत पुँजी १.५० अर्ब रुपैयाँ बाट वृद्धि गरी ३ अर्ब पुर्याइने, प्रबन्धपत्र संशोधन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्नेलगायतको योजना सभामा पेश हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते एक दिन बुक क्लोज गरेको हुदाँ चैत १२ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।