१० श्रावण २०८३, आइतबार

यूनियन लाइफ इन्स्योरेन्सले मर्जर प्रस्ताव पारितका लागि बोलायो विशेष साधारण सभा

यूनियन लाइफ इन्स्योरेन्सले मर्जर प्रस्ताव पारितका लागि बोलायो विशेष साधारण सभा



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा बैशाख ६ गतेका लागि बोलाएको छ । सभा टाईगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा बिहान १०:३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

त्यस्तैगरी, मर्जर पश्चात नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम तथा सेयर अनुपात क्रमशः १ः१ः१ कायम गरी गाभ्ने गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले मर्जर पश्चात बन्ने कम्पनीको केन्द्रिय कार्यालय काठमाडौं महानगरपालिका वडा नं १, काठमाण्डौमा रहने प्रस्ताव पारित गर्ने जनाएको छ । सभाले यूनियन लाइफ, प्राइम लाइफेड र गुराँस एक आपसमा गाभिए पश्चात कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व समेत फेरबदल हुने हुँदा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको दफाहरुमा संसोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

विशेष साधारण सभा प्रयोजनको लागि चैत २७ गते बुक क्लोज गर्ने भएको हुदाँ चैत २६ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको विशेष साधारणसभामा भाग लिन सक्नेछन् ।