१० श्रावण २०८३, आइतबार

एनएलजी इन्स्योरेन्सको १०.५३ प्रतिशत लाभांश पारित, चुक्तापूँजी ३ अर्ब पुग्ने

एनएलजी इन्स्योरेन्सको १०.५३ प्रतिशत लाभांश पारित, चुक्तापूँजी ३ अर्ब पुग्ने



काठमाडौं । एनएलजी इन्स्योरेन्सले १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा आज (चैत २० गते) सम्पन्न भएको हो ।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट १० प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्दै आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको हो ।

यस्तै, अधिकृत पुँजी १.५० अर्ब रुपैयाँ बाट वृद्धि गरी ३ अर्ब पुर्याइने, प्रबन्धपत्र संशोधन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्नेलगायतको योजना समेत पारित भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते एक दिन बुक क्लोज गरेको हुदाँ चैत १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश प्राप्त गरेका छन् ।