सगरमाथा जलविद्युत कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र सगरमाथा जलविद्युत कम्पनी लिमिटेड बिच सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सम्झौता भएको छ ।
आज (चैत्र २०) गते सम्झौतामा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाई र प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । आज (चैत्र २०) गते देखि लागू हुने गरी प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।
सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्य गर्ने जानकारी दिएको छ ।













