आइएमई लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
आइएमई लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले २ पदका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले एरिया ब्रान्च म्यानेजर र बान्च म्यानेजरका लागि केहि संख्यामा कर्मचारी मागेको हो । ब्रान्च म्यानेजरको लागि कोसी प्रदेशको ४ शाखामा, मधेश प्रदेशको ४ शाखामा, बाग्मती प्रदेशको १२ शाखा, गण्डकी प्रदेशको ३ शाखा, लुम्बिनी प्रदेशको ३ शाखामा, कर्णली प्रदेशको ७ शाखा र सुदुरपश्चिम प्रदेशको २ शाखामा केहि संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको छ । जसका लागि शैक्षिक योग्यता स्नातक तह उत्र्तिण गरी बैंक तथा वित्तीय संस्थामा अनुभव भएको हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात सहित वैशाख ५ गते भित्र कम्पनीको वेबसाइटमा आवेदन दिन सकिनेछ ।














