गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत २२ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गते एक दिन बुक क्लोज गरेको हुदाँ चैत २२ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाइ वितरण गरेको १३.२७ प्रतिशत बोनस प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले १३औं वार्षिक साधारण सभा आगामी वैशाख ६ गतेका लागि बोलाएको छ । सभा प्रधान कार्यालय तीनकुने, काठमाडौंमा विहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
साथै, सभाले गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेका छन् । एकीकृत कारोबार गर्न बाकी रहेको अवस्थामा गुराँस लाइफले साधारण सभा आव्हान गरेको हो । मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने विषयलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ ।













