३० श्रावण २०८३, शनिबार

कुमारी बैंकको साढे ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक प्रेमनारायण शर्माको नाममा रहेको ८ हजार ७१२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

सो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आईपुग्ने गरि दिन सकिनेछ ।

तोकिएको समयमा विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन नदिएको खण्डमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाइएने बै.कले जनाएको छ ।