बोर्डको निर्देशन पछि छ्याङदी हाइड्रोपावरले शतप्रतिशत मात्र हकप्रद सेयर निष्कासन गर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बोर्डको निर्देशन पछि छ्याङदी हाइड्रोपावरले शतप्रतिशत मात्र हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यस अघि १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भनेकोमा धितोपत्र बोर्डको निर्देशन अनुसार १०० प्रतिशत मात्र निष्कासन गर्ने लागेको हो ।

कम्पनीको मंगलबार (चैत २१ गते) बसेको संचालक समिति बैठकले हाल कायम चुक्ता पुँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हकप्रद प्रस्ताव नियामक निकायको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा पेश हुने कम्पनीले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्