३० श्रावण २०८३, शनिबार

ब्रोकर लाइन्सेस वितरणका लागि बाटो खुला (पूर्णपाठ)



काठमाडौं । अब धितोपत्र दलाल ब्यवसायीलाई लाइसेन्स दिने बाटो खुला भएको छ । नेपाल धितोपत्र बोर्डले लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधन नियमसंगत नै रहेको अदालतले ठहर गरेको हो ।

नेप्से र धितोपत्र दलाल व्यवसायीहरुको लाइसेन्स दिनेगरी भएको नियमावली संशोधन विरुद्ध अधिवक्ता अमृत खरेलको वारेस इन्द्रबहादुर बानियाँले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गरेका थिए ।

धितोपत्र बोर्डले गत असोज २ गते ब्रोकरको लाइसेन्सका लागि ३० र नयाँ स्टकका लागि ४५ दिनको समय राखेर आवेदन माग गरेको थियो । सर्वोच्चको फैसलासँगै बोर्डलाई नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स दिने बाटो खुला भएको छ ।