१० श्रावण २०८३, आइतबार

जीवन बीमालेख सम्वन्धी निर्देशिका जारी, के-के छन् व्यवस्थाहरु ?

जीवन बीमालेख सम्वन्धी निर्देशिका जारी, के-के छन् व्यवस्थाहरु ?



काठमाडौं । जीवन बीमालेख सम्वन्धी निर्देशिका जारी भएको छ । नेपाल बीमा प्राकिरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७९ जारी गरेको हो ।

बीमालेख स्वीकृति प्रक्रियालाई सरलीकृत र व्यवस्थित बनाई एकरुपता कायम गर्न वाञ्छनीय भएकोले बीमा ऐन २०७९ अनुसार जीवन बीमालेख सम्बन्धी निर्देशिका जारी प्राधिकरणले जनाएको छ ।

‘बीमालेख तयार गर्नु अघि बजार अनुसन्धानको प्रतिवेदन,लागत लाभ विश्लेषण,जोखिमको पहिचात, आंकलन तथा न्युनीकरण सम्बन्धी योजना, बीमालेख बजारीकरण योजना लगायतको कागजात तयार पार्नुपर्ने हुन्छ ।’– प्राधिकरणले जारी गरेको निर्देशिकामा उल्लेख छ ।

यस्तै, कम्पनीहरुले बीमालेख तयार पार्दा बीमालेखको प्रस्तावित नाम बजारमा प्रचलनमा रहेका बीमालेखहरु भन्दा फरक हुनुपर्ने, जीवन बीमा व्यवासयको परिभाष अनुरुप नेपालको परिवेश सुहाउँदो बीमालेख तयार गर्नुपर्नेछ, बीमकले बचत प्रकृतिको तथा पेन्सन÷एन्युइटी प्रकृतिको बीमालेख तयार गर्दा अनिवार्य रुपमा मृत्यु जोखिम समेत बहन गर्ने गरी तयार पार्नेपर्दछ । बीमकले नेपाली र अंग्रेजी दुवै भाषामा बीमालेख तयार गरि स्वीकृतिको लागि प्राधिकरण पेश गर्नुपर्नेछ । तर बीमालेख बीच विवाद सृजना भएमा नेपाली भाषामा जारी गरिएको बीमालेखलाई मान्यता दिईने बताइएको छ ।

बीमकले बीमालेखको बीमाङ्क रकम निर्धारण गर्दा बीमा गर्न चाहने व्यक्तिको आर्थिक क्षमता र पुनर्बीमाको पर्याप्ताको आधारमा गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

बीमालेख तयार पार्दा न्युनतम बीमा अवधि पाँच वर्ष कायम गरी तयार गर्नुपर्ने र म्यादी जीवन बीमाको हकमा न्युनतम बीमा अवधि एक वर्ष कायम गर्न सकिने निर्देशिकामा उल्लेख छ । एकल बीमाशुल्क भुक्तानी सहितको बीमालेखमा तीन वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ भएको तीन वर्ष पूरा भएपश्चात मात्रै बीमालेख समर्पण तथा बीमालेख धितोमा कर्जा प्रदान गरिने व्यवस्था छ ।

अन्य के–के ?