३० श्रावण २०८३, शनिबार

कुमारी बैंकका सेयरहोल्डर अमात्य र सापकोटाले संस्थापक सेयर बिक्री गर्दै, कसले कति कित्ता ?



काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले दुई जना सेयरधनीहरुको नाममा रहेको २ लाख ३ हजार कित्ता बढी सेयर बिक्री गर्न लागेको हो ।

बैंकले संस्थापक सेयर राज प्रसाद अमात्यको नाममा रहेको २ लाख कित्ता र अर्का संस्थापक टिकाराम सापकोटाको ३ लाख ८७ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ । सो सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुनेछ ।

सो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । आवेदन ३५ दिनभित्र दिनपर्नेछ ।

किएको सो समयमा विद्यमान संस्थापकहरुबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।