हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज, के के छन् एजेन्डा ?
हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज, के के छन् एजेन्डा ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज (चैत २९ गते) बस्दैछ । सभा बानेश्वर बैंक्वेट, थापागाउँ काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा आवको वार्षिक प्रतिवेदन छलफल पारित हुनेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरलाई प्रस्ताव गरेको २।७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।१४ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
त्यस्तै सभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने ३ जना संचालक र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।













