१० श्रावण २०८३, आइतबार

हिमालयन एभरेष्टको संचालक निर्विरोध चयन, काे-काे चुनिए ?

हिमालयन एभरेष्टको संचालक निर्विरोध चयन, काे-काे चुनिए ?



काठमाडौं । हिमालयन एभरेष्टको नयाँ संचालक समिति चयन भएको छ । बुधवार सम्पन्न कम्पनीको २९औं वार्षिक साधारण सभाले संचालक निर्विरोध चयन गरेको हो ।

समितिमा सर्व साधारण सेयरधनीको तर्फबाट अजय रत्न स्थापित र हेम राज थापा संचालकमा चयन भएका छन् । यस्तै, संस्थापक सेयरधनीको तर्फबाट महेन्द्र कृष्ण श्रेष्ठ, विजित कृष्ण श्रेष्ठ र भारती पाण्डे चयन भएका छन् ।

साधारण सभा सम्पन्न भए लगतै बस्ने संचालक समितिको पहिलो वैठकले संचालक समितिको अध्यक्षको चयन गर्ने बताइएको छ । अध्यक्षको चयन लगत्तै बीमा प्राधिकरणको अध्यक्षद्वारा कम्पनीको संचालक समितिको अध्यक्षको रुपमा सपथ लिइने कार्यक्रम छ ।