१० श्रावण २०८३, आइतबार

लाभांश पारित गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न

लाभांश पारित गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न



काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सको २९औँ वार्षिक साधारण सभा आज  सम्पन्न भएको छ । सभा वानेश्वर बैक्वेट, थापागाँउ वानेश्वरमा मर्जर पछिको पहिलो रहेको छ।

सभामा आवको वार्षिक प्रतिवेदन छलफल भएको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको २.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत ३ गते एक दिन बुक क्लोज गरेको थियो। चैत २ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिएका थिए।